काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’

2.33K
shares

काठमाडौँ । भारतको ऋषिकेशस्थित जूना अखडाका आचार्य महामण्डलेश्वर स्वामी अवधेशानन्द गिरिले नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न वर्तमान सरकारले खेलेको भूमिकाको प्रशंसा गरेको छ ।

हिन्दू स्वयंसेवक सङ्घ नेपालको आयोजनामा भएको ‘प्रबुद्ध नागरिक गोष्ठी’लाई सम्बोधन गर्दै उहाँले नेपालको आध्यात्मिक महिमा र सांस्कृतिक गौरव उच्च रहेको बताए । नेपाल र भारतको सांस्कृतिक तथा आध्यात्मिक चेतना अभिन्न रहेको चर्चा गर्दै नेपाल एक सार्वभौम राष्ट्र भएको तथ्यलाई स्वामी अवधेशानन्दले स्मरण गराए । उनले माता जानकीलाई ‘नेपालकी छोरी र भारतकी भाग्य विधाता’का रूपमा वर्णन गर्दै दुई देशबीचको अटूट सम्बन्धमा जोड दिए ।

“पाश्चात्य संस्कृतिका लागि संसार एउटा ‘बजार’ मात्र हो, तर हाम्रो सनातन संस्कृतिले संसारलाई ‘परिवार’ (वसुधैव कुटुम्बकम) मान्छ । यहाँ सबैमा एकात्मता र आत्मवत् भाव निहित छ”–स्वामी अवधेशानन्दले भने । नेपालको कुमारी परम्परा मौलिक एवं साक्षात् देवीको स्वरुप रहेको भन्दै उहाँले प्रशंसा गरे ।

पूर्वप्रधानन्यायधीश गोपाल पराजुलीले नेपालको मौलिकता भुलेर देश रुमल्लिरहेको बताए। न्याय र विवेक पलायन भएपछि समाज समाजका रुपमा नरहेका्े बताउनुभयो । सङ्घका मानिसले यो अवस्थामा जागरण फैल्याउन लाग्नुपर्ने उनले बताए ।

कार्यक्रममा हिन्दू स्वयंसेवक सङ्घ नेपालका राष्ट्रिय सङ्घचालक कल्याणकुमार तिम्सिनाले स्वागत मन्तव्य राख्दै गोष्ठीको उद्देश्यमाथि प्रकाश पारेको थियो । त्यसैगरी, सङ्घका प्रचारक कपिल भट्टले हिन्दू स्वयंसेवक सङ्घको स्थापना, यसका आधारभूत सिद्धान्त र देशभर सञ्चालित सामाजिक तथा सांस्कृतिक सेवाका विविध आयामबारे जानकारी गराएको थियो ।

कार्यक्रमको आरम्भ नेपालको विविधता र मौलिकता झल्काउने सांस्कृतिक प्रस्तुतिहरूसँग भएको थियो । कार्यक्रममा छलिया नृत्य, सखिया नृत्य, मञ्जुश्री नृत्य, बाँसुरी वादन तथा शिवसतीको कथानकमा आधारित नृत्यले उपस्थित सबैलाई मन्त्रमुग्ध पारेको थियो । मञ्चमा पूर्व कुमारी ९माजु० तृष्णा शाक्यको विशेष उपस्थिति रहेको थियो ।