global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

प्रधानसेनापतिद्वारा  दर्ज्यानी  चिह्न प्रदान

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले मन्त्रिपरिषद्को निर्णयअनुसार उपरथीमा पदोन्नति भएका भुवनपूर्ण सत्याल, मानार्थ उपरथीमा पदोन्नति भएका रोशनशमशेर राणा र मानार्थ सहायक रथीमा पदोन्नति भएका उमेश कार्कीलाई आज दर्ज्यानी चिह्न प्रदान गरे ।

जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उहाँहरुलाई दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यस अवसरमा नेपाली सेनाका रथीवृन्द, अधिकृत लगायत पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो ।

प्रकाशित समय : १५:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु