गृहपृष्ठ श्रम संस्कृति पार्टीका सांसद्लाई नियममा रहन सभामुखको आग्रह
श्रम संस्कृति पार्टीका सांसद्लाई नियममा रहन सभामुखको आग्रह
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई नीति तथा नियममा रहेर व्यवहार गर्न सचेत गराएका छन । प्रतिनिधिसभाको आजको बैठकमा सो दलका सांसदहरूले लगातार विरोध जनाएपछि सभामुखले सचेत गराएका हुन ।
आफूहरूले राखेको जिज्ञासाको जवाफ मन्त्रीले नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले आशनबाट उठेर विरोध जनाउनुभएको थियो । विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरणका सन्दर्भमा प्रतिनिधिसभा बैठकमा छलफल जारी छ ।
सो पार्टीका सांसद हर्कराज राईले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले आफूले राखेको जिज्ञासाको जवाफ नदिएको दाबी गरेका थिय । सांसद राईले मन्त्रीले जवाफ दिइसकेपछि पुनः स्पष्टीकरण सोध्न खोजेका थिय । सभामुख अर्यालले स्पष्टिकरणमाथि स्पष्टिकरण नहुने बताए ।
सभामुख अर्यालले भने “श्रम संस्कृति पार्टीका सांसदलाई सभामुखको आदेशको पालना गर्नुपर्ने सबै सांसदहरूको कर्तव्य हो । कर्तव्य पालना गर्नका लागि श्रम संस्कृति पार्टीका सांसदलाई सचेत गराउँछु ।”
सभामुखले पटकपटक आशन ग्रहण गर्न आग्रह गरे पनि सो दल सम्बद्ध सांसदहरूले बेलमा पुगेर विरोध गरेका छन। सभामुख अर्यालले विधि नियम र नियमावलीअनुसार नै संसदको कारवाही अगाडि बढेको भन्दै आशनमा बसेर सहयोग गर्न आग्रह गरे।
प्रकाशित समय : १५:०१ बजे



















