global ime bank Long Banner Ad

गृहपृष्ठ जीविकोपार्जनमा ‘भैँसीपालन कार्यक्रम’ सञ्चालन

जीविकोपार्जनमा ‘भैँसीपालन कार्यक्रम’ सञ्चालन

जीविकोपार्जनमा ‘भैँसीपालन कार्यक्रम’ सञ्चालन

कैलाली । जीविकोपार्जनका लागि कैलालीका नौ वटा स्थानीय तहमा भैँसीपालन कार्यक्रम सञ्चालन गरिएको छ । किसानलाई जीविकोपार्जन चलाउन पुगोस् भन्ने हेतुले उक्त कार्यक्रम सञ्चालन गरिएको बताइन्छ । यस कार्यक्रमबाट साना किसान लाभान्वित भएका छन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र कैलालीले धनगढी, गोदावरी, गौरीगङ्ग, टीकापुर लम्कीचुहा नगरपालिका र जोशीपुर, बर्दगोरीया, जानकी, र मोहन्याल गाउँपालिका गरी नौ स्थानीय तहका १६ वटा भैँसीपालक समूहलाई रु दुई करोड २५ लाख रकम अनुदान उपलब्ध गराइएको वरिष्ठ पशु विकास अधिकृत तथा प्रमुख चन्द्रकान्त पन्तले जानकारी दिनुभएको हो ।

छनौट भएका १६ वटा समूहलाई रु १७ लाख ४१ हजारको दरले अनुदान उपलब्ध गराइएको छ । भँैसीपालन समूहलाई च्यापकटर ९घाँस काटने मेसिन०, दाना पिस्ने मेसिनलगायत औजार पनि वितरण गरिएको छ ।

प्रकाशित समय : १७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु