global ime bank Long Banner Ad

गृहपृष्ठ घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका छन् ।

घाँस छरेपछि गोडमेल र अन्य काम गर्न नपर्ने भएकाले किसानहरु घाँसखेतीमा आर्कषित भएका हुन् । देउखुरीमा १८० घरपरिवारले घाँसखेती गर्ने गरेको शिवशक्ति घाँस बीउ उत्पादक सङ्घका सचिव विमल अधिकारीले बताए।

जोत्न, मल हाल्नु नपर्ने तथा लगानी कम र आम्दानी राम्रो हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको अधिकारी बताए। घोराही–६ मा विसं २०५६ देखि नै व्यावसायिक रूपमा घाँसखेती सुरु भएको थियो । घोराही उपमहानगरपालिका–६ गुरुवागाँउका श्याम चौधरीले १५ कट्ठा जमिनमा वरर्सिम घाँसखेती गरेका छ न।

वर्सिम घाँसले गाईवस्तु पाल्न सजिलो भएको उनि बताउछन । हरियो हुँदा घाँस काटेर गाईवस्तुलाई खुवाउने र दानालाई बीउका रुपमा बेच्दा दोहोरो आम्दानी हुन थालेपछि श्याम चौधरी घाँसखेतीतर्फ आर्कषित भएका हुन् ।

पहिले तोरी, गहुँ र मसुरोखेती गर्ने उक्त जग्गामा अहिले वरर्सिम घाँस लगाउन सुरु गरिएको छ । गतवर्ष रु ७५ हजारको वर्सिम घाँस बेचेका श्यामले यसवर्ष रु एक लाख १८ हजारको वरर्सिमको दाना बिक्री गरेका छन् । घोराही–६ का सुशीला बुढामगरले ११ कट्ठा खेतमा वर्सिम घाँसखेती गरेका छन।

घाँस छरेपछि गोडमेल र स्याहार्ने झन्झट नभएकाले घाँसखेतीमा आकर्षण भएको उनले बताए । गाईभैँसी, भेडा, बाख्रा र कुखुरालाई यस घाँसले फाइदा पु¥याँउछ । उनले घाँसको दाना बिक्री गरेर एक लाख ६० हजार आम्दानी भएको बताए ।

सोही वडाकी भूमिसरा पुनले एक बिघा खेतमा वर्सिम घाँसखेती गरेकि छिन । पुनले रु दुई लाखको वरर्सिम घाँसको बीउ बिक्री गरेको बताइन। धानभन्दा धेरै आम्दानी भयो । त्यसैले घाँसखेती गरेकी छु भनिन। धान काट्नुभन्दा अगाडि मसुरो छरे जस्तै यो घाँसको बीउ छर्ने गरिन्छ । घाँस उम्रदा धान काटिसकेको हुनुपर्छ । कसैले यसलाई खेत जोतेर छर्ने गरेका छन् । घोराही–६ का कृषकले ११ कट्ठादेखि दुई बिघासम्ममा वर्सिम घाँसखेती गरेको पाइन्छ । घाँसको उत्पादन राम्रो भएपछि घाँसको बीउको लागि देउखुरीको गुरुवागाँउलाई पकेट क्षेत्र घोषणा गरी बीउ उत्पादन गरिँदै आएको छ । वर्सिम घाँसलाई घाँसको राजाका रुपमा लिने गरिन्छ । यो घाँस गाईभैँसी, बाख्रा, कुखुराले राम्रो मानेर खाने गर्छन् ।

जिल्लामा गाईभैँसी र बाख्राको व्यावसायिक पालन बढ्दै गएपछि आर्थिक आयका लागि किसानहरूले घाँस मात्रै खेती गर्ने गरेको घोराही उपमहानगरपालिका कृषि शाखा प्रमुख खीमबहादुर बस्नेतले बताइन । पछिल्लो समय दाङ घाँसको बीउ पकेटको क्षेत्रका रुपमा विकसित हुँदै गएको छ ।

प्रकाशित समय : १६:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु