global ime bank Long Banner Ad

गृहपृष्ठ आजको मौसमः पाँच प्रदेशका तराई क्षेत्रमा तातो हावा बहने, वर्षा र चट्याङको सम्भावना

आजको मौसमः पाँच प्रदेशका तराई क्षेत्रमा तातो हावा बहने, वर्षा र चट्याङको सम्भावना

आजको मौसमः पाँच प्रदेशका तराई क्षेत्रमा तातो हावा बहने, वर्षा र चट्याङको सम्भावना

काठमाडौं, जेठ २६ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो दिन तथा तातो हावा बहने सम्भावना रहेको छ।

रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहनेछ। ती क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ।

महाशाखाले मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका बासिन्दालाई गर्मी र तातो हावाबाट सतर्क रहन तथा मौसमसम्बन्धी अद्यावधिक जानकारी नियमित रूपमा लिन आग्रह गरेको छ।

प्रकाशित समय : ०६:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु