global ime bank Long Banner Ad

गृहपृष्ठ तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट ४ अर्ब ५६ करोडभन्दा बढी अनुदान

तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट ४ अर्ब ५६ करोडभन्दा बढी अनुदान

तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट ४ अर्ब ५६ करोडभन्दा बढी अनुदान

दमौली । स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारबाट रु चार अर्बभन्दा बढी अनुदान पाउने भएका छन् ।

जिल्लास्थित १० स्थानीय तहका लागि अर्थ मन्त्रालयले चार अर्ब ५६ करोड ४७ लाख विनियोजन गरेको हो । सबैभन्दा बढी व्यास नगरपालिकाले र सबैभन्दा कम घिरिङ गाउँपालिकालाई बजेट विनियोजन गरिएको छ । व्यास नगरपालिकालाई ९४ करोड ३० लाख विनियोजन गरिएको छ ।

व्यास नगरपालिकाले समानीकरण अनुदानतर्फ १८ करोड ६० लाख, सशर्त अनुदानतर्फ ७५ करोड २० लाख र समपुरक अनुदानतर्फ ५० लाख बजेट पाउनेछ । भानु नगरपालिकालाई ५९ करोड ६८ लाख विनियोजन गरिएको छ ।

भानुले समानीकरण अनुदानतर्फ १३ करोड ८७ लाख, सशर्त अनुदानतर्फ ४४ करोड ४१ लाख, विशेष अनुदानतर्फ एक करोड र समपुरक अनुदानतर्फ ४० लाख पाउनेछ । भिमाद नगरपालिकालाई ४५ करोड ६९ लाख विनियोजन गरिएको छ ।

भिमादले समानीकरण अनुदानतर्फ ११ करोड १४ लाख, सशर्त अनुदानतर्फ ३० करोड ७३ लाख, विशेष अनुदानतर्फ एक करोड ६७ लाख र समपुरक अनुदानतर्फ दुई करोड १५ लाख पाउनेछ । शुक्लागण्डकी नगरपालिकालाई ६३ करोड ७८ लाख विनियोजन गरिएको छ ।

शुक्लागण्डकीले समानीकरण अनुदानतर्फ १४ करोड ६० लाख, सशर्त अनुदानतर्फ ४६ करोड ४३ लाख, विशेष अनुदानतर्फ एक करोड ४० लाख र समपूरक अनुदानतर्फ रु एक करोड ३५ लाख पाउनेछ । आँबुखैरेनी गाउँपालिकालाई ३१ करोड ४१ लाख विनियोजन गरिएको छ ।

आँबुखैरेनीले समानीकरण अनुदानतर्फ रु नौ करोड ६७ लाख, सशर्त अनुदानतर्फ १७ करोड ३६ लाख, विशेष अनुदानतर्फ एक करोड ८० लाख र समपूरक अनुदानतर्फ दुई करोड ५८ लाख पाउनेछ । ऋषिङ गाउँपालिकालाई ३६ करोड ५९ लाख विनियोजन गरिएको छ ।

ऋषिङले समानीकरण अनुदानतर्फ १० करोड ३७ लाख, सशर्त अनुदानतर्फ २४ करोड ६१ लाख, विशेष अनुदानतर्फ ७६ लाख र समपूरक अनुदानतर्फ ८५ लाख पाउनेछ । घिरिङ गाउँपालिकालाई  २८ करोड २९ लाख विनियोजन गरिएको छ ।

घिरिङले समानीकरण अनुदानतर्फ रु आठ करोड ७८ लाख, सशर्त अनुदानतर्फ १८ करोड ८१ लाख र समपूरक अनुदानतर्फ ७० लाख पाउनेछ । देवघाट गाउँपालिकालाई रु ३३ करोड ७० लाख विनियोजन गरिएको छ ।

देवघाटले समानीकरण अनुदानतर्फ आठ करोड ३२ लाख, सशर्त अनुदानतर्फ २३ करोड ८२ लाख, विशेष अनुदानतर्फ ८६ लाख र समपूरक अनुदानतर्फ ७० लाख पाउनेछ ।

म्याग्दे गाउँपालिकालाई ३० करोड ६५ लाख विनियोजन गरिएको छ । म्याग्देले समानीकरण अनुदानतर्फ नौ करोड ९२ लाख, सशर्त अनुदानतर्फ १८ करोड ६३ लाख, विशेष अनुदानतर्फ रु एक करोड ४० लाख र समपूरक अनुदानतर्फ ७० लाख पाउनेछ ।

बन्दीपुर गाउँपालिकालाई ३२ करोड ६८ लाख विनियोजन गरिएको छ । बन्दीपुरले समानीकरण अनुदानतर्फ नौ करोड छ लाख, सशर्त अनुदानतर्फ २० करोड सात लाख, विशेष अनुदानतर्फ एक करोड ५० लाख र समपूरक अनुदानतर्फ एक करोड ७५ लाख पाउनेछ ।

प्रकाशित समय : ०६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु