global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रियसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने

राष्ट्रियसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने

राष्ट्रियसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। सिंहदरबारस्थित संघीय संसद् भवनमा अपराह्न १ः१५ बजे सुरु हुने बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त प्रस्ताव पेश भएपछि बजेटमाथिको सामान्य छलफल सुरु हुनेछ।

सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटका विभिन्न पक्षबारे राष्ट्रियसभा सदस्यहरूले धारणा राख्ने कार्यक्रम रहेको छ।

प्रकाशित समय : ०६:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु