global ime bank Long Banner Ad

गृहपृष्ठ प्रतिनिधिसभाको बैठक आज बस्दै, अर्थमन्त्रीले चार विधेयक प्रस्तुत गर्ने

प्रतिनिधिसभाको बैठक आज बस्दै, अर्थमन्त्रीले चार विधेयक प्रस्तुत गर्ने

प्रतिनिधिसभाको बैठक आज बस्दै, अर्थमन्त्रीले चार विधेयक प्रस्तुत गर्ने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सिंहदरबारस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समितिका सदस्य मनोनयनसम्बन्धी जानकारी गराउने कार्यसूची रहेको छ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त प्रस्तावमाथि छलफल प्रारम्भ हुने तथा उठेका प्रश्नहरूको जवाफ पनि अर्थमन्त्रीले दिने कार्यक्रम रहेको छ।

यस्तै, अर्थमन्त्री वाग्लेले ‘विनियोजन विधेयक, २०८३’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ र ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव सदनमा पेश गर्ने तथा स्वीकृतिपछि विधेयकहरू प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

भारतसँगको सीमा विवाद सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको विवादास्पद अभिव्यक्ति सच्याएर माफी माग्नुपर्ने विपक्षी दलहरूको अडानका कारण हिजोको प्रतिनिधिसभा बैठक सञ्चालन हुन सकेको थिएन। नयाँ संसद् अधिवेशन सुरु भएयता पहिलो पटक सूचना टाँसेर बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो। विपक्षी दलहरूले प्रधानमन्त्रीले माफी नमागेसम्म संसद् चल्न नदिने अडान कायम राखेका छन्।

प्रकाशित समय : ०६:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु