global ime bank Long Banner Ad

गृहपृष्ठ इरान–इजरायल तनाव बढ्दा विश्व बजारमा तेलको भाउ उकालो

इरान–इजरायल तनाव बढ्दा विश्व बजारमा तेलको भाउ उकालो

इरान–इजरायल तनाव बढ्दा विश्व बजारमा तेलको भाउ उकालो

काठमाडौं । मध्यपूर्वमा पुनः चर्किएको सुरक्षा तनावका कारण विश्व बजारमा कच्चा तेलको मूल्य एकै दिन ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। ऊर्जा आपूर्तिमा अवरोध आउन सक्ने आशंकाले तेल बजारमा दबाब बढेको विश्लेषकहरूले बताएका छन्।

अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य ३.४० अमेरिकी डलरले बढेर प्रतिब्यारेल ९६.४९ डलर पुगेको छ। त्यसैगरी, अमेरिकी डब्लुटीआई (WTI) क्रुडको मूल्य ३.२५ डलरले वृद्धि हुँदै प्रतिब्यारेल ९३.७९ डलरमा कारोबार भएको छ।

विश्लेषकहरूका अनुसार इरान र इजरायलबीच बढ्दो सैन्य तनावले विश्व ऊर्जा बजारमा अनिश्चितता थपेको छ। तेल आपूर्तिमा असर पर्न सक्ने सम्भावनाका कारण लगानीकर्ताहरू सतर्क बनेका छन्।

यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले इजरायलमाथिको क्षेप्यास्त्र आक्रमण आगामी एक सातासम्म जारी रहने चेतावनी दिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इजरायललाई थप प्रतिशोधात्मक कदमबाट रोक्न प्रयास भइरहेको बताउँदै इरानसँग सम्झौताको सम्भावना रहेको दाबी गरेका छन्। यद्यपि, इजरायली सैन्य नेतृत्वले आवश्यक आदेश प्राप्त भएमा थप आक्रमण जारी राख्ने संकेत दिएको छ।

मध्यपूर्वमा बढ्दो तनावका कारण आगामी दिनमा पनि तेल बजारमा उतारचढाव कायम रहने अनुमान गरिएको छ।

प्रकाशित समय : ११:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु