global ime bank Long Banner Ad

गृहपृष्ठ अभियान लघुवित्तले लाभांश नदिने, सेयरधनी निराश

अभियान लघुवित्तले लाभांश नदिने, सेयरधनी निराश

अभियान लघुवित्तले लाभांश नदिने, सेयरधनी निराश

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

संस्थाको सञ्चालक समितिको जेठ २२ गते बसेको बैठकले वार्षिक वित्तीय विवरण पारित गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो। संस्थाद्वारा जारी सूचनाअनुसार आर्थिक वर्ष २०८१/८२ को नाफाबाट नगद लाभांश वा बोनस सेयर कुनै पनि स्वरूपमा लाभांश प्रस्ताव गरिएको छैन।

यस निर्णयसँगै चालु आर्थिक वर्षका लागि लाभांशको अपेक्षा गरेका सेयरधनी निराश बनेका छन्। कम्पनीले लाभांश वितरण नगर्ने निर्णय गरेपछि सेयरधनीले यस वर्ष प्रतिफल प्राप्त गर्ने छैनन्।

प्रकाशित समय : ११:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु