गृहपृष्ठ रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल
रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल
काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलान्चोक जिल्ला सभापतिमा प्रवीणकुमार ढकाल पुनः निर्वाचित भएको छन ।
तेह्र सदस्यीय कार्यसमितिमा सचिवबाहेक सबै सर्वसम्मतिमा चुनिएको हो । अधिवेशनले उपसभापतिमा पुण्यमाता घिमिरे, सहसचिवमा प्रकाश तिमल्सिना तथा सदस्यहरुमा नवरान बोलखे, सरिता केसी, सुशीला खत्री, साजन श्रेष्ठ, विकास तोलाङ्गे नगेन्द्र डोटेल, जेनकुमार लामा, ताराबहादुर कुँवर र ङेमा लामालाई चयन गरेको छ ।
सचिवमा गुणनिधि सापकोटा निर्वाचित भएको छन । निर्वाचित जिल्ला सभापतिमा फेरि चुनिएका ढकालले अविचलित रुपमा पार्टीलाई क्रियाशील तुल्याउने प्रतिबद्धता व्यक्त गरे।
पार्टी संसदीय दलका उपनेता गणेश पराजुलीले शनिबार अधिवेशन उद्घाटन गर्दै जनहितमा लाग्न कार्यकर्तालाई अनुरोध गरेका थिय ।
प्रकाशित समय : ०९:३१ बजे



















