global ime bank Long Banner Ad

गृहपृष्ठ मन्त्रिपरिषद्ले गर्यो २०८३/८४ को बजेट पारित

मन्त्रिपरिषद्ले गर्यो २०८३/८४ को बजेट पारित

मन्त्रिपरिषद्ले गर्यो २०८३/८४ को बजेट पारित

काठमाडौं । मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने बजेट स्वीकृत गरेको शिक्षामन्त्री सस्मित पोखरेलले बताए ।

उनले भने,‘आज बजेट भएको हुनाले एउटा मात्र मुख्य निर्णय गरियो । बजेट वक्तव्य संसदमा पेस गर्नको लागि स्विकृत भएको छ ।’

बजेट स्वीकृतसँगै अर्थमन्त्री डा. वाग्ले संसद भवन पुगेका छन् । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेको हो ।

अर्थमन्त्री डा. वाग्लेले अपराह्न ४ बजे संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेक्रममा ब्रिफकेस नभइ नेपाली कागजबाट बनेको फाइल बोकेर संसद्मा प्रस्तुत हुने कार्यक्रम तय भएको थियो ।

प्रकाशित समय : १६:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु