global ime bank Long Banner Ad

गृहपृष्ठ अन्तरराष्ट्रिय महिला भलिबलः घरेलु मैदानमा नेपाल पदकविहीन

अन्तरराष्ट्रिय महिला भलिबलः घरेलु मैदानमा नेपाल पदकविहीन

अन्तरराष्ट्रिय महिला भलिबलः घरेलु मैदानमा नेपाल पदकविहीन

काठमाडौँ । राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल प्रतियोगितामा घरेलु टोली नेपाल पदकविहीन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको तेस्रो स्थानको प्रतिस्पर्धामा भारतसँग नेपाल ३/१ को सेटमा पराजित भएको हो ।

भारतले नेपाललाई पहिलो सेट २५-२२ ले पराजित गर्‍यो भने खेलको दोस्रो सेट २५-२३ ले जित्यो । त्यसैगरी खेलको तेस्रो सेटमा नेपाल २५-१५ ले जित्यो । खेलको चौथो सेट भने भारतले नेपालमाथि २५-२२ को जित निकाल्यो । यस जितसँगै भारतले प्रतियोगितामा तेस्रो स्थान हासिल गर्दा नेपाल भने चौथो स्थानमा रह्यो । यसअघि हिजो भएको सेमिफाइनलमा इरानसँग नेपाल ३-० को सेटमा पराजित भएको थियो ।

प्रकाशित समय : १६:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु