गृहपृष्ठ नेपाल टेलिकमको गणतन्त्र दिवस अफर, ३० दिन अनलिमिटेड डाटा प्याकेज
नेपाल टेलिकमको गणतन्त्र दिवस अफर, ३० दिन अनलिमिटेड डाटा प्याकेज
काठमाडौं । नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकलाई गणतन्त्र दिवस २०८३ अफर’ सार्वजनिक गरेको छ।
अफर अन्तर्गत अनलिमिटेड लाइट र अनलिमिटेड प्रो गरी दुई प्रकारका प्याकेज उपलब्ध हुनेछन्। अनलिमिटेड लाइट अन्तर्गत ४९९ मा प्रतिदिन ५ जीबी डाटा उपलब्ध हुनेछ र ५ जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ।
त्यसैगरी अनलिमिटेड प्रो अन्तर्गत ६९९ मा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ र १० जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ।
दुवै प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुनेछ। जेठ १४ देखि जेठ १६ गतेसम्म अफर अन्तर्गतको प्याकेज खरिद गर्न सकिने छ। पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुने प्रवक्ता डा। कमल लामिछानेले जानकारी दिए।
गणतन्त्र दिवस अफर २०८३ प्राप्त गर्नका लागि मोबाइलबाट जेठ १४ देखि १६ गतेसम्म *१४१५*११# डायल गर्न सकिने छ। त्यसैगरी नेपाल टेलिकम एपबाट समेत सो प्याकेज खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
प्रकाशित समय : १७:१५ बजे



















