global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रियसभाः ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक’ पारित

राष्ट्रियसभाः ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक’ पारित

राष्ट्रियसभाः ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक’ पारित प्रतिनिधिसभा बैठक काठमाडौँ, ७ जेठः सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी सांसदहरु । तस्बिरः किरणराज विष्ट÷रासस

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकबाट ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ सर्वसम्मतिले पारित भएको छ । ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्राप्त उक्त विधेयक सभाको बहुमतले पारित गरेको हो ।

आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले प्रस्तुत गरेको सो विधेयक सभाले सर्वसम्मतिले पारित गरेको हो । विधेयकमाथिको छलफलमा सांसद गीता देवकोटा, सुरे कुमार आले मगर, रुक्मिणि कोइराला र विष्णु कमारी सापकोटाले भाग लिएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक यही जेठ १३ गते दिउँसो १ः१५ बजे बस्नेछ ।

प्रकाशित समय : १६:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु