गृहपृष्ठ कृषिमन्त्री चौधरीसँग विश्व बैंकका व्यवस्थापकको भेटवार्ता
कृषिमन्त्री चौधरीसँग विश्व बैंकका व्यवस्थापकको भेटवार्ता
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग विश्व बैंकका दक्षिण एसिया व्यवस्थापक टोमस रिकार्डो रोसदा विल्लमरसहित पदाधिकारीले मन्त्रालयमा शिष्टाचार भेटर्वाता गरेको छ ।
भेटर्वाताका क्रममा कृषिको संस्थागत सुधार, भूमि तथा जलाधार व्यवस्थापन, पशुधन तथा पहाडी कृषि वस्तुको निर्यात प्रवद्र्धन, पशु रोग नियन्त्रण तथा कृषि क्षेत्रको ‘डिजिटाइजेसन’लगायत विषयमा छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।
नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना ९एनएलएसआइपी० र ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना ९रिड० परियोजनाको उपलब्धि तथा फनसेप÷रानीजमरा कुलरिया परियोजनाको प्रगतिबारे पनि छलफल भएको हो ।
युवालाई कृषिमा आकर्षित गर्ने, रोजगारी सिर्जना, किसान सूचीकरण तथा कृषि क्षेत्रमा नवप्रवर्तन प्रवद्र्धन गर्ने विषयमा पनि मन्त्री चौधरीले विशेष जोड दिए । विश्व बजार सुनिश्चित गर्न रोगमुक्त अवस्थाको आवश्यकता औँल्याउँदै मन्त्रालयबाट विश्व बैंकमा प्रेषित पशु स्वास्थ्य प्रणाली रुपान्तरण परियोजनाबारे पनि उनले ध्यानाकर्षण गराए । साथै ‘एग्री कनेक्ट’ कार्यक्रम नेपालमा कार्यान्वयन गर्ने विषयमा पनि छलफल भएको कृषि, वन तथा पर्यावरणमन्त्री चौधरीको सचिवालयले जनाएको छ ।
विश्व बैंकले रासायनिक मलका सम्बन्धमा अध्ययन तथा ‘एग्री कनेक्ट’ कार्यक्रममा सहयोग गर्न सकारात्मक प्रतिबद्धता जनाएको मन्त्री चौधरीको सचिवालयले जानकारी दिएको छ ।
प्रकाशित समय : १३:४३ बजे



















