global ime bank Long Banner Ad

गृहपृष्ठ प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर । मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष आज महालेखा परीक्षक कार्यालयको आठौँ वार्षिक प्रतिवेदन पेस गरेको छ ।

जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा महालेखा परीक्षक कार्यालयका नायव महालेखा परीक्षक ताराप्रसाद पाण्डेले आर्थिक वर्ष २०८१÷८२ को लेखापरीक्षणसम्बन्धी आठौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुख कर्णलाई बुझाउनुभएको हो । प्रतिवेदनमा प्रदेश सरकारअन्तर्गतका मन्त्रालय, निर्देशनालय, स्थानीय तह तथा अन्य सार्वजनिक निकायहरूको आर्थिक कारोबार, राजस्व सङ्कलन, बजेट कार्यान्वयन, खर्च प्रणाली तथा वित्तीय अनुशासनसम्बन्धी विषय समेटिएको बताइएको छ । लेखापरीक्षणका क्रममा देखिएका बेरुजु, आर्थिक अनियमितता, प्रक्रिया मिचेर गरिएको खर्च तथा सुधार गर्नुपर्ने पक्षबारे प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख कर्णले सुशासन प्रवद्र्धन, आर्थिक अनुशासन कायम तथा सार्वजनिक निकायलाई थप जिम्मेवार बनाउन महालेखा परीक्षणको भूमिका महत्वपूर्ण रहने बताए। उनले प्रतिवेदनमा औँल्याइएका विषयलाई सम्बन्धित निकायले गम्भीरतापूर्वक अध्ययन गरी सुधारका लागि आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए ।

प्रकाशित समय : १६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु