global ime bank Long Banner Ad

गृहपृष्ठ गण्डकी प्रदेशले भौतिक पूर्वधारमा फड्को मारेको छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशले भौतिक पूर्वधारमा फड्को मारेको छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशले भौतिक पूर्वधारमा फड्को मारेको छ : मुख्यमन्त्री पाण्डे

ढोरपाटन। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले भौतिक पूर्वधारमा ठूलो फड्को मारेको बताएका छन् ।

बुधबार बागलुङ नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले चारवर्षे कार्यकाल पूरा गरेको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशभर ९० प्रतिशत भौतिक पूर्वाधार विकास प्रदेश सरकारमार्फत भएको उनले दाबी गरे ।

प्रदेश सरकारमार्फत थुप्रै महत्त्वपूर्ण काम भए पनि जनतालाई बुझाउन नसकेको मुख्यमन्त्री पाण्डेको भनाइ छ । जनतामा केही भएन भन्ने भाष्य निर्माण भएको भन्दै अब हरेक जनप्रतिनिधिले गरेको काम जनतालाई बुझाउनुपर्ने उनले बताए । हरेक जनप्रतिनिधिले नागरिकमा भएको निराशालाई आशामा बदल्ने काम गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिए ।

उनले भने, “सङ्घीयता आएपछि प्रदेश सरकारले धेरै विकास निर्माणका काम गरेको छ, तर हामीले गरेको विकासका बारेमा जनतालाई भन्न सकेनौँ, त्यसले गर्दा जनतामा केही भएन भन्ने भाष्य निर्माण भयो, केही भएन भन्ने भाष्य निर्माणले निराशा छ, त्यो निराशालाई चिर्नतर्फ लाग्नुपर्छ ।”

प्रदेश सरकारले सीमित स्रोत र साधनका बीच जनताको चाहना पूरा गर्न लागेको उनले बताए । जनतालाई स्वास्थ्य, शिक्षा, विद्युत्बाट वञ्चित हुन नदिन जनस्तरबाटै योजना बनाएर काम गर्दै आएको मुख्यमन्त्री पाण्डेले बताए । यातायात, खानेपानी र उज्यालो गण्डकी कार्यक्रममार्फत जनता प्रत्यक्ष लाभान्वित हुने गरी काम भइरहेको उनको भनाइ छ । रासस

प्रकाशित समय : १५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु