गृहपृष्ठ जिडिपी’ मा सुदूरपश्चिमको योगदान सात प्रतिशत पुग्ने अनुमान
जिडिपी’ मा सुदूरपश्चिमको योगदान सात प्रतिशत पुग्ने अनुमान
काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२र८३ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमानअनुसार सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र करिब रु चार खर्ब ६४ अर्ब पुग्ने जनाइएको छ ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशले राष्ट्रिय कूल गार्हस्थ्य उत्पादनमा सात प्रतिशत योगदान गर्ने अनुमान गरिएको हो । अघिल्लो आर्थिक वर्ष २०८१र८२ मा प्रदेशको योगदान सात दशमलव एक प्रतिशत रहेको थियो ।
प्रादेशिक लेखाका अनुमान प्रचलित र स्थिर दुवै मूल्यमा मापन गरी सार्वजनिक गरिएको छ । प्रचलित मूल्यको कूल गार्हस्थ्य उत्पादनबाट अर्थतन्त्रको आकार अनुमान गरिन्छ भने स्थिर मूल्यको कूल गार्हस्थ्य उत्पादनबाट आर्थिक वृद्धिदर अनुमान गरिन्छ ।
हाल प्रकाशित स्थिर मूल्यका अनुमान आर्थिक वर्ष २०६७र०६८ को मूल्यमा आधारित रहेका र प्रादेशिक लेखा अनुमान गर्ने क्रममा आव २०८२र८३ का लागि पहिलो छदेखि आठ महिनासम्मका उपलब्ध आँकडा तथा सूचना प्रयोग गरी बाँकी अवधिको अवस्था सामान्य रहने अपेक्षा सहित तथ्याङ्कीय विधिबाट प्रादेशिक लेखाका प्रारम्भिक अनुमान तयार गरिएको कार्यालयका तथ्याङ्क अधिकृत कमलराज जोशीले जानकारी दिए।
प्रकाशित समय : १७:२४ बजे



















