global ime bank Long Banner Ad

गृहपृष्ठ ‘बिगुल’ चलचित्रले समाजलाई सुसंस्कृत, स्वच्छ र जिम्मेवार बनाउन प्रेरणा दिन्छ : माधव नेपाल

‘बिगुल’ चलचित्रले समाजलाई सुसंस्कृत, स्वच्छ र जिम्मेवार बनाउन प्रेरणा दिन्छ : माधव नेपाल

‘बिगुल’ चलचित्रले समाजलाई सुसंस्कृत, स्वच्छ र जिम्मेवार बनाउन प्रेरणा दिन्छ : माधव नेपाल

काठमाडौं । नेपाली चलचित्र ‘बिगुल’को प्रिमीयर सार्वजनिक भएको छ । कथाकार तथा निर्माता दिनेश कोइरालाको बहुचर्चित फिल्म ‘बिगुल’को प्रिमीयर हिजो मंगलबार जमलस्थित विश्वज्योती हजमा सार्वजनिक भएको हो ।कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायत राजनीतिक, सामाजिक, सांस्कृतिक तथा बौद्धिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले ‘बिगुल’ चलचित्रले समाजलाई सुसंस्कृत, स्वच्छ र जिम्मेवार बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरिएको गरेका छन् ।

उनले भने, ‘समाजलाई सुसंस्कृत बनाउन, स्वच्छ बनाउन र राजनीतिलाई पनि स्वच्छ बनाउन मानिसहरूलाई देश र जनताप्रति सर्मपित भएर लाग्न यो चलचित्रले प्रेरणा दियोस ।’यस्तै, भगवती न्यौपानेले राजनीति भित्रका कामजोरीहरु ‘बिगुल’ चलचित्रले उजागर गरेको बताएकी छन् ।

उनले यो चलचित्रले विकृती अन्य गर्नु पर्छ भन्ने खालको सन्देश दिने समेत बताइन् ।उनले भनिन्, ‘यो चलचित्रले राजनीति भित्रका कामजोरीहरु यो उजागर गरेको छ । राजीिति भित्रका विकृतिहरू छन् । त्यो विकृती अन्य गर्नु पर्छ भन्ने खालको सन्देश दिन्छ । राजनीति भित्र जुन निष्ठा हराउँदै गएको छ विचार र सिद्धान्त मर्दै गएको छ यसलाई औंल्याउन खोजेको छ ।’कथाकार तथा निर्माता दिनेश कोइरालाले समाज परिवर्तनको उद्देश्यसहित फिल्म निर्माण गरिएको बताएका छन् । उनले ‘बिगुल’ कुनै व्यक्ति वा दलविरुद्ध नभई देशमा मौलाएको विकृति, अन्याय र भ्रष्ट प्रवृत्तिविरुद्ध उठाइएको कलात्मक आवाज रहेको बताए ।

प्रकाशित समय : ०८:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु