काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

फ्लोटिलामा भएको इजरायली आक्रमणको चौतर्फी निन्दा

2.06K
shares

विश्व व्यापी सुमुद्र फ्लोटिलामा भएको पछिल्लो इजरायली आक्रमणको इन्डोनेसियासहित विभिन्न दश देशका विदेश मन्त्रीहरूले निन्दा गरेका छन् ।

इन्डोनेसियाको विदेश मन्त्रालयको समाजिक सञ्जाल एक्स मार्फत विज्ञप्ति जारी गरि निन्दा गरेको बताएको हो । टर्की, बङ्गलादेश, ब्राजिल, कोलम्बिया, इन्डोनेसिया, जोर्डन, लिबिया, माल्दिभ्स, पाकिस्तान र स्पेनका मन्त्रीहरूले अन्तर्राष्ट्रिय समुद्री मार्ग फ्लोटिला विरुद्ध इजरायली आक्रमण बारे गम्भीर चिन्ता व्यक्त गरेको जनाइएको छ । उनीहरुले फ्लोटिलामा नागरिक जहाजहरू र मानवीय कार्यकर्ताहरूलाई लक्षित गरी गरेको शत्रुतापूर्ण कार्यहरूको निरन्तरताको निन्दा गरेका छन् ।

उनीहरूले जहाजहरूमा आक्रमण र कार्यकर्ताहरूलाई मनमानी हिरासतमा राख्नु अन्तर्राष्ट्रिय कानून र मानवीयता स्पष्ट उल्लङ्घन भएको बताएका छन् ।

मन्त्रीहरूले फ्लोटिलामा नागरिकहरूको सुरक्षाका विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै सबै हिरासतमा रहेका कर्मचारीहरूको तत्काल रिहाइ र उनीहरूको अधिकार र मर्यादाको पूर्ण सम्मान गर्न आह्वान गरेका छन् ।