गृहपृष्ठ प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ
काठमाडौँ । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३र०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ ।
बैठकमा सभामुख डोलप्रसाद अर्यालले नीति तथा कार्यक्रममाथि ३५ वटा संशोधनको सूचना प्राप्त भएको व्यहोरा जानकारी गराउनुभयो । छलफलमा भाग लिँदै संशोधनकर्ता सांसदहरुलेआफ्नो धारणा राखेका छन ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्दै आर्थिक वर्ष २०८३÷८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिय ।
सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीमा उल्लिखित असंसदीय शब्द प्रयोग नगर्न र बोल्ने क्रममा सो व्यवस्थालाई ख्याल गर्न आग्रह गरे।
“निमायवलीको नियम २१ को खण्ड (घ) मा उल्लेखित विषयमा सबै सांसदलाई संवेदनशील भइदिन आग्रह गर्दछु । अशिष्ट, अश्लिल, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्च्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने भन्ने यस बुँदालाई ध्यान दिन आग्रह गर्दछु”, उनले भने ।
प्रकाशित समय : १२:२८ बजे




















