global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ प्रकृति संरक्षण कोषको सदस्यसचिवमा डा पोखरेल

प्रकृति संरक्षण कोषको सदस्यसचिवमा डा पोखरेल

प्रकृति संरक्षण कोषको सदस्यसचिवमा डा पोखरेल

काठमाडौँ ।राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यसचिव पदमा डा चिरञ्जीवीप्रसाद पोखरेल नियुक्त भएका छन । वन तथा वातावरणमन्त्री एवं कोषका अध्यक्ष गीता चौधरीले उनलाई यही वैशाख २९ गतेदेखि लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि कोषको सदस्यसचिवमा उनलाई नियुक्त गरेको छ ।

कोषको वरिष्ठ निर्देशक पदमा हाल कार्यरत डा पोखरेल प्रतिष्ठित वन्यजन्तु जीवविज्ञ, संरक्षण योजनाकार तथा प्रख्यात बाघविज्ञ हुन । उनसँग संरक्षण क्षेत्रमा २७ वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ ।

नवनियुक्त सदस्यसचिव डा पोखरेलले कोषको उद्देश्य, दूरदृष्टि तथा मूल्यमान्यताप्रति प्रतिबद्धता व्यक्त गर्दै संस्थालाई प्रकृति संरक्षणको क्षेत्रमा अझ उच्च उपलब्धितर्फ अग्रसर गराउने दृढ अठोट व्यक्त गरे ।

प्रकाशित समय : १३:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु