global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने ???????????? ???? ??????????, ?? ????? : ?????????????? ?????? ?????????????? ????? ????? ????? ???? ? ?????? : ??????? ?????/????

काठमाडौँ ।राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३र८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने भएको छ ।

सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा कार्यक्रममाथि सांसदहरूले धारणा राख्ने क्रम नसकिएकाले आगामी बैठकमा समेत छलफल जारी रहने जानकारी गराए।

राष्ट्रियसभामा आजदेखि नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको हो । बैठकमा सांसदहरू किरणबाबु श्रेष्ठ, झक्कुप्रसाद सुवेदी, प्रेमप्रसाद दङ्गाल, मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा, नारायणदत्त मिश्र, घनश्याम रिजाल, सम्झना देवकोटा, दुर्गा गुरुङ, सुरेश आलेमगर र सोमनाथ पोर्तेलले आआफ्नो धारणा राखे ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्दै आर्थिक वर्ष २०८३र०८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही वैशाख ३१ गते बिहीबार बिहान ११ः१५ बजे बस्नेछ ।

प्रकाशित समय : १७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु