गृहपृष्ठ ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु
ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु
गलकोट ।बागलुङ बागलुङको ढोरपाटन नगरपालिका–५ लामडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ ।
आज बिहान लामडाँडाबाट बुर्तिबाङतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा ढोरपाटन नगरपालिका–५ का १६ वर्षीय सुशीलकुमार विकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार ट्याक्टर गोठमा खसेको थियो । फरार चालकको खोजी जारी छ । गोठमा आंशिक क्षति भए पनि पशुचौपायाको क्षति भएको छैन् ।
प्रकाशित समय : १३:३६ बजे




















