गृहपृष्ठ महेन्द्र राजमार्गको अतिक्रमण क्षेत्र खाली गर्न निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमण क्षेत्र खाली गर्न निर्देशन
महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व–पश्चिम महेन्द्र राजमार्गको अतिक्रमण क्षेत्र खाली गरिने भएको छ ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरले आज सूचना जारी गर्दै महेन्द्र राजमार्ग गड्डाचौकी–अत्तरिया–चिसापानी सडक सीमा सडक केन्द्रबाट २५र२५ मिटर दायाँबायाँ कायम रहेको जनाउँदै सो क्षेत्रमा बनेका टहरा, संरचना हटाउन १५ दिनको समयसीमा तोकेको छ ।
सडक विभागको स्वीकृतिबिना अस्थायी÷स्थायी घर टहरा निर्माण गर्ने, निर्माण सामग्री राख्ने, मालवस्तु बिक्रीमा राख्ने, ढल तथा पानी सडक किनाराको नालामा मिसाउनेलगायतका कार्य नगर्न आग्रहसमेत गरेको छ ।
जारी सूचनामा राजमार्गको सडक क्षेत्रमा बनेका अस्थायी÷स्थायी संरचना, टहरालगायत अन्य संरचनाहरु भत्काउन वा हटाउन १५ दिनको समय दिइएको छ । तोकिएको समयावधिभित्र सडक सीमा अतिक्रमण गरी बनाइएका संरचना नहटाए सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को उपदफा ९३० बमोजिम हटाइने र सो कार्यबापत लाग्ने खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गर्ने चेतावनीसमेत दिइएको छ ।
प्रकाशित समय : १३:०८ बजे




















