global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ संसद बाहिर सांसदहरू : जनसुरक्षा र सरकारको नीति कार्यक्रमबारे टिप्पणी

संसद बाहिर सांसदहरू : जनसुरक्षा र सरकारको नीति कार्यक्रमबारे टिप्पणी

संसद बाहिर सांसदहरू : जनसुरक्षा र सरकारको नीति कार्यक्रमबारे टिप्पणी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले हात्ती तथा बाघ आतंकबाट नागरिक असुरक्षित बनेको भन्दै सरकारले तत्काल प्रभावकारी सुरक्षा व्यवस्था गर्नुपर्ने बताएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकपछि संसद परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो क्षेत्र अर्जुनधारा नगरपालिका–२ का दिनेश पराजुली हात्ती आतंकबाट गम्भीर घाइते भएको उल्लेख गरिन् ।

उनले भनिन्, ‘मेरो क्षेत्रको अर्जुनधारा नगरपालिका वडा नं. २ का दिनेश पराजुली हात्ती आतंकबाट एकदमै गम्भीर घाइते हुनुभएको छ । संसदमा बोल्न त पाइएन, तर आज हात्ती आतंकले, बाघको आतंकले गर्दा मानिसहरू प्रताडित भइरहेका छन् । सरकारले लाइटको व्यवस्था गर्नुपर्यो, सुरक्षाको व्यवस्था गर्नुपर्यो । सशस्त्र र आर्मीलाई पालेर मात्र राख्ने होइन, ठाउँ–ठाउँमा पीडित छन् । यस्तो घटना हुनुभन्दा अगाडि सरकारले ध्यान पुर्याउनुपर्छ ।’

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका सांसद बर्षमान पुनले सरकारको नीति तथा कार्यक्रम जनअपेक्षाअनुसार आउन नसकेको टिप्पणी गरेका छन् । संसद परिसरमै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले ‘जेनजी आन्दोलन’ पछिको सरकारले क्रमभंगसहितको नीति तथा कार्यक्रम ल्याउने अपेक्षा गरिए पनि त्यसअनुसार आउन नसकेको बताए ।

उनले भने, ‘निरन्तरताको हिसाबले विगतमा हामीले लिएका नीति तथा कार्यक्रम क्यारी भएको हिसाबले खुसी हुने त छँदैछ । विगतमा अस्थिरताका कारण राम्रा कार्यक्रम आएर पनि कार्यान्वयन हुँदैनथे । यस पटक सरकारसँग त्यो सुविधा छ । पाँच वर्षको जनमत पाएको अवस्थामा आट गरेर व्यवस्थित रूपमा प्राथमिकीकरण गरेर लिनुपथ्र्यो, त्यस्तो खालको नीति कार्यक्रम भएन ।’

प्रकाशित समय : १९:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु