काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति खारेज नगर्न आग्रह

1.03K
shares

काठमाडौँ ।  बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति, बचाउ नागरिक अभियानले बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति खारेजीको सिफारिस कार्यान्वयन नगर्न आग्रह गरेको छ ।

समितिले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी गत चैत ३ गते सुशासन मार्गचित्र समितिले नेपाल सरकारसमक्ष समितिलाई खारेज गर्न सिफारिस गरेकाले उक्त निर्णय कार्यान्वयन नगर्न आग्रह गरेको हो ।

समितिका संयोजक धु्रवबहादुर गुरुङले समितिले गरेको सिफारिस प्राथमिकताको १ नम्बरमा गुम्बा विकास समितिलाई राखिएकाले बौद्ध धर्मवालम्बीहरूमाथि प्रहार भएको बताए ।

गुम्बा विकास समितिले गुम्बा, विहार, वाहवाहीमार्फत बौद्ध दर्शनको प्रवर्द्धन गर्न बौद्ध दर्शन, शिल, समाधि, प्रज्ञा, आगम, अभिषेक, धर्मदेशना, पञ्चशील, आर्य अष्टाङ्गिक मार्ग जस्ता बौद्ध शिक्षा जनमानससम्म पु¥याउन भूमिका खेलिरहेकाले खारेज नगर्न आग्रह गरिएको छ ।