global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

काक्रेविहार । कर्णाली प्रदेश अस्पतालको छुट्टै ओपिडी भवन निर्माण हुने भएको छ । उक्त भवन निर्माणका लागि आज मुख्यमन्त्री यामलाल कँडेलले शिलान्यास गरे ।

प्रदेश अस्पतालका सूचना अधिकारी अनिता ज्ञवालीका अनुसार, भवनको लागत अनुमान सुरुमा २९ करोड ९८ लाख रुपैयाँ थियो । ठेकदार कम्पनीले १६ करोड ८४ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने जिम्मा पाएको छ ।

निर्माणको जिम्मेवारी चण्डीदेवी विशाल एण्ड विराट जेभी काठमाडौँ लिएको छ । “अहिले सञ्चालित ओपीडीको संरचना ५० शैय्याको अस्पतालमा आधारित छ, तर हाम्रो सेवा अहिले ३०० शैय्यामा छ”, सूचना अधिकारी ज्ञवालीले भने, “त्यसकारण भीड धेरै हुन्छ । थेग्न सक्ने अवस्था छैन ।”

प्रदेश र केन्द्र सरकारको सह–लगानीमा छुट्टै नयाँ ओपिडी भवन निर्माण गर्न लागिएको हो । आगामी १४ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरिएको छ ।

प्रकाशित समय : १७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु