काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘जलवायु परिवर्तनका असर न्यूनीकरणमा साझा प्रयास आवश्यक छ’

2.31K
shares

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलवायु परिवर्तनका असर न्यूनीकरणमा सबैको साझा प्रयास आवश्यक हुने बताएको छ ।

वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, माछापुच्छ्रे गाउँपालिका, अन्नपूर्ण गाउँपालिकाको आयोजनामा अन्नपूर्ण जलवायु सम्मेलन २०८३ अन्तर्गत जलवायु परिवर्तन र हिमालसम्बन्धी माछापुच्छ्रे संवादको आज पोखरामा उद्घाटन गर्दै जलवायु परिवर्तन चुनौतीका रूपमा देखिएको बताए ।

पछिल्ला पुस्तालाई हाम्रा प्राकृतिक सम्पदाहरू सुरक्षित रूपमा हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै जलवायु परिवर्तनका कारण बढ्दो असरको न्यूनीकरण गर्नका लागि सजग बन्दै अघि बढ्नुपर्ने बताए । “हाम्रा माछापुच्छ्रे, अन्नपूर्णजस्ता हिमाललाई बचाउन नसकेमा त्यसबाट हाम्रो जनजीवनसमेत प्रत्यक्ष प्रभावित हुनेछ”, उनले भने, “वातावरणको संरक्षणका लागि सबैको एकताबद्ध प्रयास आवश्यक छ ।”

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले जलवायु परिवर्तनले कृषि प्रणालीमा गम्भीर असर पारिहेको बताए । मनाङ, मुस्ताङलगायत जिल्ला अझै जलवायु परिवर्तनको जोखिममा परेको बताउँदै बढ्दो तापमानले तराईका नवलपुरजस्ता जिल्लामा बाढीलगायतको असर परिरहेको उल्लेख गरे ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले विश्वव्यापी रूपमा तापमान द्रुत रूपमा बढेको बताउँदै यसबारे बेलैमा सचेत नबने गम्भीर परिस्थितिको सामना गर्नुपर्ने बताए । कार्वन उत्सर्जनसमेत तीव्र बढिरहेको बताउँदै उनले अरूले कार्वन उत्सर्जन गरेका कारण त्यसको असर भोग्नुपरेको जिकिर गरे ।