global ime bank Long Banner Ad

गृहपृष्ठ गृहसचिव श्रेष्ठद्वारा महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

गृहसचिव श्रेष्ठद्वारा महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

गृहसचिव श्रेष्ठद्वारा महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न लगाएको छ ।

गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले उनलाई दर्ज्यानी चिह्न लगाइदिएको हो ।

यही वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक पौडेललाई महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो । तत्कालीन महानिरीक्षक राजु अर्यालले यही वैशाख १८ गतेदेखि अवकास पाएको थियो ।

प्रकाशित समय : १०:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु