गृहपृष्ठ प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो
प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सल्यानको नयाँ भवन निर्माणको लागि जग खन्दा वम भेटिएको छ ।जग खन्दा ८६ थान बम फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डा.हेमबहादुर केसी जानकारी दिए ।
भवन निर्माणको लागि जग खन्ने क्रममा ८२ वटा सकेट बम, तीन वटा सुतली बम र एक वटा बोतल बम फेला परेको उनले बताए । शारदा नगरपालिका–३, स्थित कार्यालय परिसरमा भवन निर्माणका लागि जग खन्ने क्रममा शंकास्पद वस्तु फेलापरेपछि आवश्यक सुरक्षा सतकर्ता अपनाइएको थियो ।
जग खन्ने क्रममा शंकास्पद वस्तु फेलापरेपछि थप उत्खनन् गरिएको थियो । नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उत्खननका क्रममा सात थान रेडियो वेभ उपकरण, करिब पाँच सय ग्राम विस्फोटक पदार्थ, बम बनाउन प्रयोग हुने दुई केजी सामग्री र १० मिटर फायरिङ केबल फेला परेको उनले जानकारी दिए ।
प्रकाशित समय : १५:३१ बजे




















