global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण

उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण

उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण

ढोरपाटन । यहाँको छेन्तुङ र खाल्डेखुल्डे जोड्ने गरी उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण भएको छ ।

सङ्घीय सरकारले विनियोजन गरेको दुई करोड ७७ लाख रुपैयाँमा सो झोलुङ्गे पुल निर्माण गरिएको हो । २८८.४ मिटर लामो झोलुङ्गे पुल बनेपछि ढोरपाटन नगरपालिका–६ को दोगाडी, छालहाल्ना, कुदुम, गाडीखोलालगायत दर्जन बढी गाउँका स्थानीयलाई ढोरपाटन आउजाउ गर्न सहज भएको वडाध्यक्ष उमेश बुढामगरले बताए ।

ढोरपाटन नगरपालिका–६ का पानबहादुर विकले पुल बनेपछि गाउँमा विकास आएको अनुभूति भएको सुनाए । “यहाँ पुल नहुँदा खोला तर्दा म आफैँलाई कति पटक बगायो, धन्न पौडिन सक्ने हुँदा बाँचे, आइमाइ केटाकेटीहरु पनि बस्छन् तर उनीहरुलाई दुईरतीन घण्टाको घुमाउरो बाटो हिँडेर खोला तर्नु पर्ने अवस्था थियो”, विकले भने, “अब त पुल बन्यो, बेँसी झर्न र बस्तुभाउलाई वारपार गराउन धेरै सजिलो हुने भयो ।”

प्रकाशित समय : १६:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु