गृहपृष्ठ जय नेपाल सिनेमा हल पुनः सञ्चालनको तयारीमा
जय नेपाल सिनेमा हल पुनः सञ्चालनको तयारीमा
काठमाडौं । काठमाडौंको पुरानो तथा ऐतिहासिक सिनेमा हलमध्ये एक जय नेपाल सिनेमा हल पुनः सञ्चालनमा आउने तयारीमा छ । लामो समय बन्द रहेको उक्त हलले आज चलचित्र विकास बोर्डबाट सञ्चालनका लागि आवश्यक अनुमतिपत्र प्राप्त गरेको हो ।
वि.सं. २०२७ सालमा स्थापित जय नेपाल सिनेमा हल काठमाडौंको सिनेमा संस्कृति विकासमा महत्वपूर्ण भूमिका खेल्ने हल हो । दरबारमार्ग क्षेत्रसँग जोडिएको यस हलमा दशकौँसम्म नेपाली, हिन्दी तथा अंग्रेजी चलचित्र प्रदर्शन भएका थिए ।
कोभिड–१९ महामारीका कारण उत्पन्न परिस्थितिपछि वि.सं. २०७८ असोज ४ गतेदेखि यो सिनेमा हल बन्द भएको थियो ।
प्रकाशित समय : १८:४२ बजे


















