nmb bank

गृहपृष्ठ ग्यालेक्सी एस २६ ‘स्काइ ब्लु’मा सार्वजनिक

ग्यालेक्सी एस २६ ‘स्काइ ब्लु’मा सार्वजनिक

ग्यालेक्सी एस २६ ‘स्काइ ब्लु’मा सार्वजनिक

काठमाडौं । सामसङ नेपालले आफ्नो फ्ल्यागसिप स्मार्टफोन शृंखलाअन्तर्गत ‘ग्यालेक्सी एस २६ अल्ट्रा’को नयाँ ‘स्काइ ब्लु’ रङ भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीका अनुसार आधुनिक स्टाइल, आकर्षक डिजाइन र उच्च प्रदर्शनलाई संयोजन गर्दै यो नयाँ संस्करण नेपाली उपभोक्ताको बदलिँदो रुचिलाई लक्षित गरी बजारमा ल्याइएको हो ।

नयाँ ‘स्काइ ब्लु’ भेरियन्टले खुला आकाश र अनन्त सम्भावनाबाट प्रेरणा लिएको कम्पनीले जनाएको छ । यसले प्रयोगकर्तामा सिर्जनशीलता, स्वतन्त्र अभिव्यक्ति र व्यक्तिगत शैली झल्काउने लक्ष्य राखेको उल्लेख गरिएको छ । कम्पनीका अनुसार यो नयाँ रङले प्रविधिसँगै सौन्दर्यलाई प्राथमिकता दिने प्रयोगकर्ताका लागि थप विकल्प प्रदान गर्नेछ ।

यस भेरियन्टसँगै कम्पनीले विशेष अफर पनि सार्वजनिक गरेको छ । ‘ग्यालेक्सी एस २६ अल्ट्रा’ खरिद गर्दा ग्यालेक्सी बड्स ४ मा ६० प्रतिशतसम्म छुट उपलब्ध गराइएको छ । यो अफर अप्रिल २३ देखि ३० सम्म सीमित अवधिका लागि लागु हुने जनाइएको छ । साथै, मासिक ६ हजार ४५२ रुपैयाँबाट सुरु हुने २४ महिनासम्मको किस्ता सुविधाले ग्राहकलाई खरिद प्रक्रिया सहज बनाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो स्मार्टफोनले सामसङको गुणस्तरीय निर्माण, भरपर्दो सेवा र देशभर उपलब्ध बिक्रीपछिको सञ्जालमार्फत समग्र डिजिटल इकोसिस्टम अनुभव प्रदान गर्नेछ । ग्राहकहरूले विभिन्न किस्ता सुविधा र सहज खरिद विकल्पहरू अधिकृत विक्रेता सञ्जालमार्फत प्राप्त गर्न सक्नेछन् ।

‘ग्यालेक्सी एस २६ अल्ट्रा’को ‘स्काइ ब्लु’ भेरियन्ट देशभरका अधिकृत स्टोर तथा खुद्रा बिक्री केन्द्रहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । हुलास फिनसर्भ प्रालिमार्फत इन्स्टा फाइनान्स सेवाबाट २४ महिनासम्मको किस्तामा समेत खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रकाशित समय : १३:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु