गृहपृष्ठ सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ
सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र दीपक भट्टबीच व्यापारिक साझेदारीको तथ्य सार्वजनिक भएको छ । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा गुरुङको २५ लाख रुपैयाँबराबरको सेयर रहेको समाचार सार्वजनिक भएपछि भट्टसँग उनको ‘कनेक्सन’ खुलेको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका व्यापारी भट्टसँग गृहमन्त्रीकै कनेक्सन देखिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तरंगित बनेको छ । यो तथ्यसँगै गुरुङ विवादमा परेका छन् ।
उक्त समाचार सार्वजनिक भएपछि गुरुङ पार्टी सभापति रवि लामिछानेलाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका थिए । गुरुङ आइतबार बेलुका करिब ८ बजे लामिछानेलाई भेट्न पुगेका रास्वपा स्रोतले जनाएको छ ।
प्रकाशित समय : १२:०६ बजे



















