काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सगरमाथा संवादलाई बालेन सरकारले निरन्तरता दिने

1.34K
shares

काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले कूटनीतिक विमर्शको मञ्च ‘सगरमाथा संवाद’लाई निरन्तरता दिने भएको छ ।

तत्कालीन नेकपा (एमाले) नेतृत्वको सरकारले अघि सारेको गौरवको कूटनीतिक पहल सगरमाथा संवादलाई बालेन सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतापत्रमा नेपाललाई विश्वमञ्चमा जलवायु परिवर्तन र हिमालयको मुद्दामा नेतृत्वदायी भूमिका दिलाउने उद्देश्यले सुरु गरिएको यो कार्यक्रमलाई सरकारको नीति तथा कार्यक्रममार्फत अघि बढाउने भनेको छ ।

प्रतिबद्धतापत्रको बुँदा नम्बर १४ मा सगरमाथा संवादलाई निरन्तरता दिने स्पष्ट उल्लेख छ ।

नेकपा एमालेको चुनावी घोषणापत्रमा ‘सगरमाथा संवाद’लाई आर्थिक कूटनीति र अन्तर्राष्ट्रिय प्रभाव विस्तारको महत्त्वपूर्ण माध्यमका रूपमा उल्लेख गरिएको थियो ।

सगरमाथा संवाद नेपाल सरकारद्वारा सन् २०१९ मा घोषणा गरिएको एक बहुपक्षीय विश्वव्यापी संवाद मञ्च हो । यो अवधारणा अन्तर्गत जलवायु परिवर्तनमा केन्द्रित भई विश्वव्यापी मञ्चमा हिमाली कूटनीतिलाई अघि बढाइने भनिएको छ ।