काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एनआईसी एशिया लघुवित्तले लाभांश वितरण नगर्ने

1.27K
shares

काठमाडौं। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

संस्थाको सञ्चालक समितिको २६३औँ बैठकले यस्तो निर्णय गरेको हो। वैशाख ४ गते बसेको बैठकले संस्थाको वित्तीय अवस्था अझ सुदृढ र दीगो बनाउने उद्देश्यले लाभांश नदिने नीति लिएको जनाएको छ।

संस्थाका अनुसार नियामक निकायले तोकेअनुसार छुट्याउनुपर्ने कोष तथा प्रावधानहरू मिलाएपछि बाँकी रहेको रकम लाभांशका रूपमा वितरण नगरी संस्थाकै आन्तरिक सुदृढीकरणमा प्रयोग गरिनेछ।

लघुवित्तले सो आर्थिक वर्षको वित्तीय विवरण वार्षिक साधारण सभाका लागि नेपाल राष्ट्र बैंक मा स्वीकृतिका लागि पेश गर्ने जनाएको छ।