global ime bank Long Banner Ad

गृहपृष्ठ सांसदलाई स्वकीय सचिव सुविधा दिने प्रक्रिया अघि बढ्यो

सांसदलाई स्वकीय सचिव सुविधा दिने प्रक्रिया अघि बढ्यो

सांसदलाई स्वकीय सचिव सुविधा दिने प्रक्रिया अघि बढ्यो

संघीय संसदका सांसदहरूले पुनः स्वकीय सचिवको सुविधा पाउने भएका छन् । यसका लागि संघीय संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिले आवश्यक प्रक्रिया अघि बढाएको छ ।

सोमबार बसेको समितिको बैठकले सांसदका स्वकीय सचिवको योग्यता निर्धारण गरी व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । बैठक सभामुख डोल प्रसाद अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो ।

बैठकले उक्त विषयमा आवश्यक कानुनी व्यवस्था गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ ।

यसअघि सुशीला कार्की नेतृत्वको सरकारले खर्च कटौतीका नाममा सांसदहरूको स्वकीय सचिवको पद खारेज गरेको थियो । संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूची संशोधन गर्दै उक्त सुविधा हटाइएको थियो ।

प्रकाशित समय : १४:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु