काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रभु बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने

2.65K
shares

प्रभु बैंक लिमिटेडले ८.५० प्रतिशत दरका अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको छ ।

बैंकको चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो ।

बैठकले विशेष साधारणसभा तथा नेपाल राष्ट्र बैंक लगायतका नियमनकारी निकायबाट स्वीकृति प्राप्त भएको अवस्थामा ८.५० प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्षमात्र मुनाफा वितरण गर्ने गरी व्यक्तिगत तवरबाट संस्थागत लगानीकर्ताहरूलाई मात्र बिक्री गरिने प्रति सेयर १०० रुपैयाँ दरका ५ करोड इकाई अवमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो ।