nmb bank

गृहपृष्ठ सैनिक कल्याणकारी कोषबाट सहुलियतपूर्ण कर्जाको चेक हस्तान्तरण

सैनिक कल्याणकारी कोषबाट सहुलियतपूर्ण कर्जाको चेक हस्तान्तरण

सैनिक कल्याणकारी कोषबाट सहुलियतपूर्ण कर्जाको चेक हस्तान्तरण

तनहुँ । नेपाली सेनाले सञ्चालन गर्दै आएको सैनिक कल्याणकारी कोषबाट व्यवसाय सञ्चालनका लागि सहुलियतपूर्ण कर्जाको चेक हस्तान्तरण गरिएको छ ।

तनहुँको खैरेनीटारस्थित श्री नं ३ बाहिनी अड्डामा आज आयोजित भुपू सैनिक सम्मेलनका क्रममा व्यवसाय सञ्चालनका लागि सिरास्मा श्रेष्ठलाई २० लाखको चेक हस्तान्तरण गरिएको हो । सोही अवसरमा सुष्मा किराना पसल सञ्चालनका लागि १५ लाखको चेक प्रदान गरिएको छ ।

प्रधानसेनापति अशोकराज सिग्देल र सैनिक कल्याणकारी कोषका प्रमुख कार्यकारी अधिकृत हिरालाल जोशीले श्रेष्ठलाई उक्त चेक हस्तान्तरण गरेका हुन ।

यस्तै, नेपाली सेनाबाट अवकाश प्राप्त सैनिक तथा आश्रित परिवार एवं बहालवाला परिवारको जीवनस्तर उत्थानका लागि कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेन्ट मेघा बैंकबीच भएको समझदारी एवं सहकार्यमा सञ्चालित सहुलियतपूर्ण कर्जा कार्यक्रममा सहभागी भई लिएको कर्जाबाट स्याङ्जाको बिरुवा गाउँपालिका–५ का शोभाकान्त पौडेलले सञ्चालन गरेको लगनशील कृषि फर्म उद्यम व्यवसाय सर्वोत्कृष्ट भएबापत उनलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

सोही अवसरमा सैनिक कल्याण्कारी कोषको हिताधिकारीहरूमध्ये लमजुङको मध्यनेपाल नगरपालिका–९ का लक्षुमनबहादुर रानाभाटले सञ्चालन गरेको रानाभाट बाख्रा फार्म उद्यम व्यवसाय उत्कृष्ट घोषित भएकामा उनलाई प्रशंसापत्र प्रदान गरियो ।

प्रकाशित समय : १८:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु