global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ सिद्धार्थ क्यापिटललाई आईएसओ ९००१ः२०१५ प्रमाणपत्र

सिद्धार्थ क्यापिटललाई आईएसओ ९००१ः२०१५ प्रमाणपत्र

सिद्धार्थ क्यापिटललाई आईएसओ ९००१ः२०१५ प्रमाणपत्र

नेपालमा मर्चेन्ट बैंकिङ तथा फन्ड व्यवस्थापन क्षेत्रमा अग्रणी सिद्धार्थ क्यापिटल लिमिटेडले आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गरेको छ ।

यो गुणस्तर व्यवस्थापन प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र इन्टरनेशनल सर्टिफिकेसन सर्भिसेस प्रालि, मुम्बईबाट प्रदान गरिएको हो, जुन अस्ट्रेलिया र न्युजिल्यान्डको जोइन्ट एक्रेडिटेसन सिस्टमद्वारा मान्यता प्राप्त संस्था हो । यस प्रमाणपत्रले कम्पनीले गुणस्तर, कार्यकुशलता र ग्राहक सन्तुष्टिमा उच्च मापदण्ड कायम राख्ने प्रतिबद्धता झल्काएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्दीप कार्कीले यो उपलब्धिलाई महत्वपूर्ण माइलस्टोन भएको बताउँदै उत्कृष्टता र भरपर्दो वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता अझ सुदृढ भएको उल्लेख गरे ।

आईएसओ ९००१ः२०१५ प्रमाणपत्र गुणस्तर व्यवस्थापन, प्रक्रिया सुधार, जोखिम व्यवस्थापन र निरन्तर सुधारका कडा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने संस्थालाई प्रदान गरिन्छ । सिद्धार्थ क्यापिटलले मर्चेन्ट बैंकिङ, फन्ड व्यवस्थापन, डिपोजिटरी सेवा तथा पोर्टफोलियो व्यवस्थापनलगायतका सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय : १७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु