global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम पदार्थमा लाग्दै आएका विभिन्न करहरू हटाउन सरकारसँग माग गर्दै पहिलो पटक पत्रकार सम्मेलन गरेका छन् ।

बुधबार आयोजित प्रेस मिटमा उनीहरूले ‘महँगीको मारमा सुशासन फरार’ नामक अभियान सार्वजनिक गर्दै पेट्रोलियम पदार्थमा लगाइएका कर संरचनामा पुनरावलोकन गरी तत्काल जनतालाई राहत दिनुपर्ने आवश्यकता औंल्याएका हुन् । उनले अभियान कुनै व्यक्ति विशेष वा राजनीतिक लक्षित नभई पेट्रोलियम पदार्थमा लाग्ने कर संरचना ९६ कर माफ अभियान० मा केन्द्रित रहेको स्पष्ट पारेको थियो ।

जेन्जी अगुवा ढुङ्गानाका अनुसार पेट्रोल आयात गर्दा विभिन्न शीर्षकमा कर लगाइँदै आएको छ । जसअनुसार भन्सार महसुल, प्रदूषण शुल्क, हरित कर, पूर्वाधार विकास कर, सडक मर्मत दस्तुर तथा मूल्य अभिवृद्धि कर ९भ्याट० गरी विभिन्न प्रकारका करहरू समावेश छन् । ढुङ्गानाका अनुसार, यी करहरूको संयुक्त भारका कारण पेट्रोलको मूल्य अत्यधिक बढेको र हाल प्रति लिटर करिब २१९ रुपैयाँ सम्म पुगेको अवस्था रहेको छ ।

उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको असर प्रत्यक्ष रूपमा दैनिक उपभोग्य वस्तु, यातायात सेवा र जीवनयापनका सबै क्षेत्रमा परेको बताए । ढुङ्गाना समूहका अनुसार, डिजेल तथा पेट्रोलको मूल्य वृद्धिले सार्वजनिक यातायात भाडादेखि खाद्यान्न तथा अन्य आवश्यक वस्तुको मूल्य समेत बढेको छ, जसका कारण सामान्य नागरिकको जीवनयापन अत्यन्त कठिन बनेको छ ।

‘नेपालजस्तो भूपरिवेष्ठित देशमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा सम्पूर्ण अर्थतन्त्रमा प्रत्यक्ष असर पर्छ,’ ढुङ्गानाले भने । सरकारलाई तत्काल पेट्रोलियम पदार्थमा लाग्ने कर संरचनामा पुनरावलोकन गर्न उनले आग्रह गरेका छन् । उनीहरूले विशेषगरी भन्सार महसुल र पूर्वाधार विकास कर जस्ता शीर्षकमा कर घटाएर वा हटाएर तत्काल राहत दिन सकिने बताए ।

पेट्रोलको वास्तविक मूल्य घटाउन होइन, करको भार घटाए मात्र पनि उपभोक्ता मूल्य स्वतः कम हुन्छ,’ उनले भने । सरकारले हाल केही करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको भए पनि त्यसले उपभोक्तालाई प्रत्यक्ष राहत नदिएको उनीको दाबी छ । ढुङ्गानाले महँगी नियन्त्रण नहुँदा सामाजिक असन्तुलन, बेरोजगारी, आपराधिक गतिविधि तथा विदेश पलायनको समस्या बढ्ने चेतावनी पनि दिएका छन् ।

उनका अनुसार, महँगी नियन्त्रण सुशासनको महत्वपूर्ण आधार हो र यसलाई समयमै सम्बोधन नगरे दीर्घकालीन समस्या उत्पन्न हुन सक्छ । जेन्जी अगुवा ढुङ्गाना समूहले सरकारलाई तत्काल पेट्रोलियम पदार्थमा लगाइएका करहरू पुनरावलोकन गरी जनतालाई राहत दिन आग्रह गर्दै आफ्नो अभियान निरन्तर रहने जनाएको छ ।

उनीहरूले राज्यलाई विनम्र अनुरोध गर्दै नागरिकको जीवन सहज बनाउन कर नीतिमा तत्काल सुधार आवश्यक रहेको व्यक्त गरेका छन् ।

प्रकाशित समय : १७:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु