गृहपृष्ठ नेशनल लाइफद्वारा अभिकर्तालाई एकदिने तालिम
नेशनल लाइफद्वारा अभिकर्तालाई एकदिने तालिम
काठमाडौं ।नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न शाखा कार्यालयमा आवद्ध अभिकर्तालाई एकदिने तालिम प्रदान गरेको छ ।
प्रेरणा, प्रगति र पेशागत उत्कृष्टता लक्ष्यसहित सञ्चालन गरिएको मासिक योजना “मन्थन २०८२” अन्तर्गत तोकिएको बीमाशुल्क संकलन गरी छनोट भएका सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै तथा लुम्बिनी प्रदेशका केही शाखाका गरी १ सय ६० जना अभिकर्तालाई महेन्द्रनगरको शुक्लाफाँटा स्थित होटल ओपेरामा अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमदले एमडिआरटी लक्ष्य हासिल गर्ने उपायबारे उदाहरण सहित प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक विवेक शर्माले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए भने सुदूरपश्चिम प्रदेश प्रमुख नवीनकिशोर भट्टले स्वागत मन्तव्य राखेका थिए । एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाले अभिकर्तालाई पेशागत उत्कृष्टता हासिल गर्न कम्पनीले विभिन्न योजनामार्फत तालिम दिँदै आएको जानकारी दिए ।
प्रकाशित समय : १७:३६ बजे




















