गृहपृष्ठ आज संघीय संसद्का तीन समितिको बैठक बस्दै, सभापति चयन मुख्य एजेन्डा

आज संघीय संसद्का तीन समितिको बैठक बस्दै, सभापति चयन मुख्य एजेन्डा

आज संघीय संसद्का तीन समितिको बैठक बस्दै, सभापति चयन मुख्य एजेन्डा

काठमाडौं । संघीय संसद अन्तर्गतका तीन वटा समितिको बैठक आज बस्दैछ । सबै बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक संघीय संसद सचिवालयमा बस्नेछ । बैठकमा समितिको सभापति निर्वाचन सम्बन्धी विषयमा छलफल हुने कार्यसूची छ ।

त्यस्तै, सिंहदरबार स्थित संसद भवन नं २ मा बस्ने अर्को बैठक समितीका ज्येष्ठ सदस्य कृष्ण प्रसाद सिटौलाको अध्यक्षतामा सञ्चालन हुनेछ । उक्त बैठकमा नयाँ माननीय सदस्यहरूको स्वागत, सभापति निर्वाचन तथा विविध विषयमा छलफल गरिने जनाइएको छ ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति को ३२४औँ बैठक पनि आजै बस्दैछ । बैठकमा समितिको सभापति निर्वाचन र अन्य विविध विषयमा छलफल हुनेछ । उता, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति को बैठक पनि दिउँसो १ बजे नै बस्नेछ ।

बैठकमा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १५० को उपनियम (१०) बमोजिम रिक्त रहेको सभापति पदको निर्वाचन, नयाँ सदस्यहरूको स्वागत तथा अन्य विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

प्रकाशित समय : ०९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु