global ime bank Long Banner Ad

गृहपृष्ठ ‘हलो क्रान्तिका अभियन्ता अधिकारीको योगदान महत्त्वपूर्ण छ’

‘हलो क्रान्तिका अभियन्ता अधिकारीको योगदान महत्त्वपूर्ण छ’

‘हलो क्रान्तिका अभियन्ता अधिकारीको योगदान महत्त्वपूर्ण छ’

गण्डकी– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हलो क्रान्तिका अभियन्ता श्रीकान्त अधिकारीले नेपालको शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको बताएका छन् ।

दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानद्वारा सोमबार पोखराको अमरसिंद्ध नमूना मावि पचभैयामा आयोजित श्रीकान्त अधिकारी शतवार्षिकी विशेष ‘गुणस्तरीय शिक्षा र विविध आयाम’ विषयक अन्तरक्रियामा उनले अधिकारीले गरेको योगदान वर्तमान पुस्ताका लागि अनुकरणीय भएको बताए ।

समाजमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्छ भन्ने सोच भएका अधिकारी बिपी कोइराला, कृष्णप्रसाद भट्टराई जस्ता राजनीतिक व्यक्तित्वसँग काम गरेका एक आदर्श प्रजातन्त्रवादी नेता, व्यवहारवादी समाज सुधारकका रूपमा रहेका महानगरप्रमुख आचार्यको भनाइ थियो ।

पोखरालगायत विभिन्न क्षेत्रमा शैक्षिक संस्थाहरू स्थापनामा विशिष्ट योगदान गरेका अधिकारीले विद्यार्थीमा किताबी ज्ञानका साथसाथै राजनीतिक चेतना जगाउन पनि विशिष्ट योगदान गरेको उनको भनाइ छ ।

अमरसिद्ध नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर भुजेलले अमरसिंद्ध माविको स्थापनामा पनि महत्त्वपूर्ण योगदान गर्नुका साथै अधिकारीले यस क्षेत्रमा विभिन्न १२ वटा विद्यालय स्थापना गरेको जानकारी गराए ।

प्रतिष्ठानका अध्यक्ष गायत्री अधिकारी, सदस्य शरणकुमार अर्याल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष दीनानाथ ढकाल लगायतले बहुआयामिक क्षेत्रमा अधिकारीले पुर्‍याएको योगदान अतुलनीय रहेको उल्लेख गरे ।

प्रकाशित समय : १९:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु