global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ मधेस प्रदेश प्रमुखसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेस

मधेस प्रदेश प्रमुखसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेस

मधेस प्रदेश प्रमुखसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेस

धनुषा । राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेश कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस गरेको छ ।

आयोगका मधेस प्रदेश कार्यालय प्रमुख बुद्धनारायण सहनीले आज जनकपुरधाममा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ को उपधारा ९३० बमोजिम प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष सो प्रतिवेदन पेस गरेका हुन ।

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख कर्णले मानव अधिकार संरक्षण राज्यको महत्वपूर्ण दायित्व भएको उल्लेख गर्दै आयोगले उठाएका विषयवस्तुलाई गम्भीरतापूर्वक अध्ययन गरिने बताए । साथै उनले मानव अधिकारको संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरे ।

सो प्रतिवेदनमा मधेस प्रदेशमा मानव अधिकारको अवस्था, चुनौती तथा सुधारका लागि आवश्यक सुझाव समेटिएको जनाइएको छ ।

प्रकाशित समय : १९:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु