global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ राष्ट्रिय आर्थिक गणना तथा अनुसन्धान सहकार्य गर्न परिसंघ र तथ्याङ्क कार्यालयबीच समझदारी

राष्ट्रिय आर्थिक गणना तथा अनुसन्धान सहकार्य गर्न परिसंघ र तथ्याङ्क कार्यालयबीच समझदारी

राष्ट्रिय आर्थिक गणना तथा अनुसन्धान सहकार्य गर्न परिसंघ र तथ्याङ्क कार्यालयबीच समझदारी

काठमाडौँ : नेपाल उद्योग परिसंघ (सीएनआई) र राष्ट्रिय तथ्याङ्क कार्यालयबीच एक समझदारी भएको छ । राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित विश्वसनीय तथ्याङ्क सङ्कलन, विश्लेषण, अनुसन्धान तथा नीति निर्माणमा सहयोग पर्याउने उद्देश्यले सीएनआई र राष्ट्रिय तथ्याङ्क कार्यालयबीच समझदारी भएको हो ।

देशको आर्थिक विकास, औद्योगिक विस्तार तथा प्रभावकारी नीति निर्माणका लागि गुणस्तरीय र समयानुकूल तथ्याङ्क अत्यन्त आवश्यक हुन्छ ।

तथ्याङ्क प्रणाली विकासको लागि राष्ट्रिय रणनीति, निजी क्षेत्रसँग सम्बन्धित आर्थिक गतिविधिका तथ्याङ्क सङ्कलन, विश्लेषण तथा उपयोगलाई सुदृढ गरी तथ्यांकीय गुणस्तर अभिवृद्धि गर्न सरकारी निकाय र निजी क्षेत्र संघसंस्थासँग सहकार्य समन्वय गर्ने रणनीति अनुरूप समझदारी भएको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयमा आज सोमबार आयोजित एक कार्यक्रममा कार्यालय प्रमुख डा. कमल प्रसाद पोख्रेल र परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेको उपस्थितीमा कार्यालयका निर्देशक डा. वेद प्रसाद ढकाल र परिसङ्घका महानिर्देशक डा. घनश्याम ओझाले हस्ताक्षर गरे ।

प्रकाशित समय : १९:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु