गृहपृष्ठ ‘वराहमिहिर अवार्ड’बाट दुबे सम्मानित
‘वराहमिहिर अवार्ड’बाट दुबे सम्मानित
पर्सा । ‘वराहमिहिर अवार्ड’बाट वीरगञ्जका ज्योतिष डा पुरुषोत्तम दुबे सम्मानित भएका छन ।
विश्व ज्योतिष महासङ्घ र दक्षिण एसियाली ज्योतिष महासङ्घले भारतको विहार राज्य पटनामा आयोजित एक कार्यक्रममा दुई दशकदेखि ज्योतिष क्षेत्रमा पु-याएको योगदानस्वरुप दुबेलाई सम्मान गरेको हो ।
संस्कृत विहार बोर्डका अध्यक्ष मृत्युञ्जय झा र भारत सरकारका पूर्वकेन्द्रीय मन्त्री सञ्जय पासवानले आइतबार पटनामा आयोजित एक कार्यक्रमबीच उनलाई सो अवार्ड प्रदान गरेका हुन । साथै दुबेलाई माता पटनदेवी गोल्ड मेडल प्रदान गरिएको थियो ।
सम्मानित दुबेले चर्चित अवार्ड प्राप्त गर्नु नेपालकै गौरव विषय भएको बताउँदै आगामी दिनमा पनि ज्योतिष एवं वास्तु क्षेत्रमा सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
भारतको विहार राज्यको राजधानी पटनामा तीनदिने अन्तरराष्ट्रिय ज्योतिष, वास्तु एवं तन्त्र सम्मेलनमा करिब २०० भन्दा धेरै ज्योतिष तथा वास्तु विद्हरुको सहभागिता रहेको थियो । विश्व ज्योतिष महासङ्घका संस्थापक अध्यक्ष डा लोकराज पौडेलले अन्तरराष्ट्रिय सम्मेलनले आगामी दिनमा ज्योतिष तथा वास्तु क्षेत्रमा नयाँ आयाम भित्र्याउन सहयोग पुग्ने बताए ।
प्रकाशित समय : १९:१७ बजे


















